भूमेमा मानसिक स्वास्थ्य सम्बन्धी तालिम

भूमेमा मानसिक स्वास्थ्य सम्बन्धी तालिम

रुकुमकोट । रुकुम पूर्वको भूमे गाउँपालिका अन्तरगतका विद्यालमा अध्यापन गराउदै आएका शिक्षकहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिईएको छ ।

मानसिक स्वास्थ्य समस्या पहिचान गर्न तथा मनोसामाजिक मनोपरामर्शको लागि दुई दिने तालिम सोमबार सम्पन्न गरिएको हो ।

यूनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टर (यूएमएन) को आर्थिक सहयोग तथा नेपाल जनजागरण मञ्चको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिममा १५ शिक्षकहरुको सहभागिता रहेको नेपाल जनजागरण मञ्चका लेखा तथा प्रशासन अधिकृत यज्ञ बहादुर परियारले जानकारी दिनुभयो ।

तालिममा मनोसामाजिक अवधारणा, मनोसामाजिक सुस्वास्थ्य, मानसिक स्वास्थ्य, दिक्दारीपन वा डिप्रेसन, चिन्ता रोग, मनोशिक्षा, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तीको पारिवारिक भुमिका र सहयोग, तनाव र तनाव व्यबस्थापन लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।

तालिमको सहजिकरण भूमे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार