मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, ३ भारतीय पक्राउ

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, ३ भारतीय पक्राउ

रौतहटको परोहा नगरपालिकामा एक जना मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ ।

शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ  परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई पक्राउ गरिएको बताइन् ।

पक्राउ पर्नेमा भारतको विहारका मुनीषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन् ।

साहलाई कन्चटमा गोली लागेर घाइते भएका र उनलाई उपचारका लागि गौरमा पठाइएको उनले बताइन् ।

‘अहिले हामी घटनास्थलमै छौं । तीन जना पक्राउ परेका छन्’, डीएसपी गिरीले भनिन्, ‘अहिले यहाँ भीड बढेको छ । मुचुल्का समेत उठाउन बाँकी नै छ ।’

थप अनुसन्धान पछि मात्र भन्न सकिने उनले बताइन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार