मुसिकोटमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया

मुसिकोटमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया

मुसिकोट । विश्व उपभोक्ता अधिकार दिवस आज रुकुम पश्चिममा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा मुसिकोटमा “स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको अधिकार” भन्ने नाराका साथ सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा उपभोक्ता, वस्तु, उत्पादन, बिक्रेताको दायित्व, वस्तु वा सेवाको गुणस्तर, उपभोक्ताको अधिकार लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम, स्थानीय तहका प्रमुख, उप-प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मान बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार