रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

मुसिकोट । भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन्। हालसम्म जिल्लाभर २९ हजार सात सय ६४ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर दुई हजार एक सय ९२ अस्थायी आवास निर्माणको चरणमा रहेका छन्।

जिल्लामा हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा नौ हजार ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा नौ सय ६६ अस्थायी आवास निर्माण भएका सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो।

चौरजहारी नगरपालिकामा छ हजार छ सय ६८, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणीमा चार हजार तीन सय ३३ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्।

हालसम्म जिल्ला विपत् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय  लाभग्राहीका लागि स्थानीय विपत् न्यूनीकरण कोषमा रु. २५ हजारका दरले रु ७८ करोड २५ लाख रकम पठाइएको छ। स्थानीय विपत् कोषबाट भने ३० हजार आठ सय ४१ लाभग्राहीले रु. २५ हजारका दरले रु. ७७ करोड १० लाख २५ हजार रकम प्राप्त गरेका छन्।

अब जिल्लामा पहिचान भएका तीन सय ५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार