कांग्रेसका युवा नेता शाहीको ‘संगठन सुदृढ यात्रा’ रुकुम पश्चिममा

कांग्रेसका युवा नेता शाहीको ‘संगठन सुदृढ यात्रा’ रुकुम पश्चिममा

मुसिकोट । नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोट देखि हुम्लाको सिमकोट सम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान अन्तरगत आज रुकुम पश्चिममा अन्तरक्रिया तथा छलफल गर्नुभएको छ ।

सल्यानको विभिन्न ठाउँमा कार्यक्रम गर्नुभएका शाहीले आज मुसीकोटमा रहेको काँग्रेसको पाटी कार्यालयमा अभियानको विषयमा अन्तरक्रिया तथा छलफल गर्नुभएको हो ।

नेपाली कांग्रेसको गौरवशाली इतिहासलाइ कायम राख्ने अनुभवी पुस्तालाई सम्मान, वर्तमान पुस्तामा उर्जा अभिवृद्धि गर्न र भावी पुस्तालाई कांग्रेसमा जोड्ने तथा अग्रजदेखि युवा पुस्तासम्म भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध गराएर संगठनलाई बलियो एवं सशक्त बनाउँदै थप उर्जाशील र गतिशील बनाउने मूल उद्देश्यले पार्टी ‘संगठन सदृढ यात्रा’ थालिएको उहाँले बताउनुभयो ।

“संगठनको गाउँ टोल तहमा रहेर काम गरिरहेका नेता, कार्यकर्ता नै संगठनको मूल आधार हो,” नेता शाहीले भन्नुभयो, “पार्टीलाई जनतासँग जोड्न र उनीहरुको भावनालाई पार्टीसम्म पु¥याउन यो यात्राले त्यो तहसँग धरातलमै भेटेर संवाद मात्र गर्नेछ ।”

अभियानको क्रममा आएका रायसुझाव पार्टीलाई दिएर घच्घच्याउँदै अभियान मार्फत पार्टी र लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतिहरुको पनि चिरफार गरिने उहाँको भनाई छ । उहाँले रुकुम पश्चिममा रहेका काँगेसका नेता तथा कार्यक्रताहरुबाट सुझाव पनि लिुनभएको थियो । जिल्ला रहेको पाटीको अवस्था, कार्यक्रतामा देखिएका समस्या र जिल्ला, प्रदेश र केन्द्रले गर्नु पर्ने योजनाको बारेमा पनि सुझाव लिनुभएको छ ।

उहाँले जिल्लाको अन्य ठाउँमा पनि पाटीका कार्यक्रताहरुसंग छलफल गर्ने नेपाली काँग्रेस जिल्ला समितिका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो । आज विहान त्रिबेणी गाउँपालिकामा, दिउँसो मुसीकोट नगरपालिका छलफल गर्नुभएको शाहीले भोली बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकामा छलफल गर्ने कार्यक्रम रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार