मुख्यमन्त्री रोजगार कार्यक्रम बाट ‘एक घर, एक धारा’ निर्माण

मुख्यमन्त्री रोजगार कार्यक्रम बाट ‘एक घर, एक धारा’ निर्माण

चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१२ सुर्किमारेकी लक्ष्मी ओली डाँगीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै घर नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो । उहाँले भन्नुभयो, ‘पशुचौपायालाई खुवाउने पानीको व्यवस्था भए पनि मान्छेका गाह्रो थियो । अहिले घरमै खानेपानी धारा हुँदा सजिलो भएको छ ।’

उहाँ जस्तै सुर्किमारे क्षेत्रका स्थानीयहरु घटौँ हिँडेर कुवा र मूलको पानी प्रयोग गर्दै आएकोमा अहिले चौरजहारी नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत ‘एक घर, एक धारा’ निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको छ ।

नगरपालिकाको आर्थिक बर्ष २०८०-८१ मा स्वीकृत बजेट कार्यक्रम अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नं १२ मा सुर्किमारे सौर्य खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।

चौरजहारी नगरपालिका र जनश्रमदान गरि जम्मा १७ लाख ३९ हजार रुपियाँको लागतमा ५४ वटा घरमा खानेपानीको धारा निर्माण सम्पन्न गरिएको सुर्किमारे सौर्य खानेपानी आयोजनाका सचिब रामलाल शर्माले दिनुभयो । उहाँका अनुसार अब प्रत्येक धारामा मिटर जडान गरिने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार