आठविसकोटमा २८ घर पुनर्निर्माणका लागि एनआरएनए सँग सम्झौता

आठविसकोटमा २८ घर पुनर्निर्माणका लागि एनआरएनए सँग सम्झौता

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १३ को लटामा भूकम्पले क्षती गरेका घरहरु पुनर्निर्माण गरिने भएको छ ।

भूकम्प प्रभावित क्षेत्र लटा टोलका २८ वटा घरहरु गैर आवासीय नेपाली संघ ९एनआरएनए० ले पुनर्निर्माण गरिदिने भएको हो । एनआरएनए अन्तर्गतको परोपकारी संस्था ग्लोबल एनआरए फाउन्डेशन र एमआईटी ग्रुप फाउन्डेशनले लटा टोलमा घरहरु बनाउन नगरपालिकासँग सम्झौता गरेको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एनआरएनएका अध्यक्ष बिनोद कुँवर र पूर्व अध्यक्ष शेष घलेसँग नगरपालिकाले पुनर्निर्माणका लागि सम्झौता गरेको हो । सरकारले ल्याउने कार्यविधि बमोजिम नै उक्त स्थानमा घरहरु बन्ने बताईएको छ । नगर प्रमुख केसीले पुनर्निर्माण कार्यविधि प्राप्त हुने बित्तिकै आवश्यक प्रक्रिया पुर्याएर घरहरु बनाउन सुरु गरिने बताउनुभयो ।

यसैगरी आठविसकोटकै जनजागरण माध्यमिक बिद्यालय गाउँबारीमा अक्षय कोष स्थापना गरिने भएको छ । नगर प्रमुख केसीले बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा बिद्यालयमा छ लाख रुपियाँ बराबरको अक्षयकोष निर्माण हुने भएको बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार