रूकुम पश्चिमबाट काठमाडौंको लागि छुटेको बस बागलुङमा दुर्घटना

रूकुम पश्चिमबाट काठमाडौंको लागि छुटेको बस बागलुङमा दुर्घटना

रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौंका लागि छुटेको रात्रिबस दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ। बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरी प्रमुख एसपी ऋषिराम कँडेलले जानकारी दिनुभयो ।  मृतकको नाम भने खुलेको छैन ।

रूकुम पश्चिमबाट  मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। अहिले पनि उद्धार कार्य जारी रहेको बागलुङ प्रहरी प्रमुख एसपी कँडेलले जानकारी दिनुभयो ।

घटनास्थल पुगेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बसमा कति जना थिए भन्ने पनि यकिन भइसकेको छैन। जंगल र भिरालो ठाउँमा दुर्घटना भएकाले घाइते र मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए।

‘खोल्सामा अझै पनि यात्रुको खोजी भइरहेको छ, बसका चालकको पनि मृत्यु भएको छ,’ उनले उहाँले भन्नुभयो, ‘रात परिसक्यो, अझै खोल्सामा यात्रुको खोजी गरिराखेका छौं।’

घाइतेको उपचार गर्न प्राथमिक उपचार केन्द्र बुर्तिवाङ पठाइएको छ। दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार