निसीखोला बस दुर्घटना : घाइतेको सङ्ख्या २५ पुग्यो

निसीखोला बस दुर्घटना : घाइतेको सङ्ख्या २५ पुग्यो

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २५ पुगेको छ ।

रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घाइतेलाई उपचारका लागि बुर्तिबाङ पठाइएको  निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए ।

मृतक र घाइतेको पहिचान भइसकेको छैन।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार