गृहमन्त्री लामिछाने विरुद्ध दुई ठाउँबाट मसाल जुलुस

गृहमन्त्री लामिछाने विरुद्ध दुई ठाउँबाट मसाल जुलुस

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले गृहमन्त्री रवि लामिछानेविरुद्ध मसाल जुलुस निकालेको छ ।

सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा माग्दै काँग्रेसले संसद बैठक तताईरहँदा नेविसंघका कार्यकर्ताले आज साँझ काठमाडौँका विभिन्न स्थानमा मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

साँझ मीनभवनस्थित एनसीसी कलेज र क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पस नजिकै नेविसंघले मसाल जुलुस निकालेको हो । त्यसक्रममा ‘गृहमन्त्री राजीनामा दे’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘सुन तस्कर सरकार मूर्दावाद’, लगायत नारा लगाइएको छ ।

नेविसंघले आज बिहान सिंहदरबार अगाडि पनि प्रदर्शन गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार