४५ सामुदायिक वनको लेखापरिक्षण सम्पन्न, १० वटा खारेजी 

४५ सामुदायिक वनको लेखापरिक्षण सम्पन्न, १० वटा खारेजी 

रुकुुम पश्चिम । डिभिजन वन कार्यालय रुकुम पश्चिमले बाँफिकोट सब डिभिजन वन कार्यालय अन्तर्गतका सबै सामुदायिक वन उपभोक्ता समुहरुको लेखा परिक्षण सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार ४५ वटा सामुदायिक वन उपभोक्ता समुहहरुको आन्तरिक लेखा परिक्षण सम्पन्न भएकाे हो ।
आन्तरिक लेखा परिक्षण डिभिजन वन कार्यालयको सामुदायिक वनमा सुशासन अभियान, २०८० अन्तरगत सब डिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीहरुको परिचालन र समन्वयमा उपभोक्ता समुहले गराएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।

४५ वटा सामुदायिक वन उपभोक्ता समितिको लेखापरिक्षणबाट हालसम्मको आम्दानी ७५ लाख ७७ हजार ४७४ रुपियाँ रहेको छ  । यी समुहरुमा हालसम्म १७ लाख २५ हजार १९७ रुपियाँ खर्च देखिएको छ भने ५८ लाख३२ हजार ३१७ रुपियाँ बचत रहेको छ ।

यस्तै समुहले लगानी गरेको घुम्तिकोष २० लाख २५ हजार ५० रुपियाँ रहेको छ भने १५ लाख पाँच  हजार ९३३ रुपियाँ बेरुजु देखिएको छ । लेखापरिक्षणबाट ६ लाख ४३ हजार ८६८ रुपियाँ नियमित अनुमोदन गर्नुपर्ने देखिएको छ भने नौ लाख १० हजार ५६५ रुपियाँ रुपियाँ कोषमा दाखिला गनुपर्ने देखिएको छ ।

डिभिजन प्रमुख परियारका अनुसार बाँफिकोट सव डिभिजन वन कार्यालय अन्तर्गत ५५ वटा सामुदायिक वन उपभोक्ता समिति रहेका थिए । त्यसमध्य १० वटा समुह खारेजी गर्नुपर्ने समुहमा परेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार