रुकुम पश्चिमबाट तीन हजार पाँच सय विद्यार्थीले एसइई दिँदै

रुकुम पश्चिमबाट तीन हजार पाँच सय विद्यार्थीले एसइई दिँदै

फाईल फोटो

मुसिकोट । आगामी चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुकुम पश्चिमबाट ३ हजार ५ सय  बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्षको एसइई परीक्षामा कुल ३ हजार ५९३ जना विद्यार्थीले सहभागिता जनाउने छन ।

चैत २७ गतेसम्म सञ्चालन हुने सो परीक्षामा जिल्लाबाट साधारणतर्फ ३ हजार ४१७ जना, प्राविधिक तर्फ ९६ जना र ग्रेड वृद्धितर्फ २७ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ।

परीक्षामा जिल्लाका ७६ वटा सामुदायिक, १ खुल्ला र ५ वटा संस्थागत विद्यालय गरी ८२ वटा विद्यालयहरूबाट विद्यार्थीहरू सहभागी हुने छन् ।

यस्तै एसइईका लागि यहाँका २३ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

परीक्षा मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न केन्द्राध्यक्षहरुलाई केहि दिनमा तालिम दिने तयारी भइरहेको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार