वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुर्खेत । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था वीरेन्द्रनगर सुर्खेतले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा शाखाको वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख हेमराज अवस्थीले २०७४ चैतमा स्थापना भएको यस संस्थामा एक हजार बढी सदस्य रहेको बताउनु भयो ।

उहाँले २ करोड ३० लाख बचत भएको, ५ स्थानीय तहमा शाखा कार्यालय स्थापना गरिएको, ११ करोड कर्जा वितरण गरिएको र ७ सय बढी ऋणी रहेको जानकारी दिनुभयो । उहाँले सहभागीहरूलाई वित्तीय संस्थाको बारेमा समेत स्पष्ट पार्नुभएको थियो । कार्यक्रमा नियमित लगानी गर्ने ४ वटा समूहहरूलाई पुरस्कृत समेत प्रदान गरिएको छ ।

कार्यक्रममा संस्थाका शाखा प्रमुख अवस्थी, अनुगमन अधिकृत युधिर बस्नेत, नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्मा, प्रहरी नायव निरीक्षक गगन कुमार सिंह लगायत संस्थामा आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार