चौरजहारीमा मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना घाइते

चौरजहारीमा मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना घाइते

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाईते भएका छन ।

मंगलबार साँझ चौरजहारी नगरपालिकाको वडा नम्वर २ नयाँ वजारमा भे ७ प ८७९२ र कर्णाली प्रदेश ०२—००१ प २८३१ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिदा दुवै जना चालक घाईते भएका हुन ।

चौरजहारी नगरपालिकाको वडा नम्वर १ नाखिराका ३६ वर्षिय विजय विष्ट र सोही नगरपालिका वडा नम्वर ७ काप्राका १९ वर्षिय सन्तोष विश्वकर्मा दुर्घटनामा परी घाईते भएका हुन ।

विष्टको टाउँको र छातिमा गहिरो चोट लागेको छ भने विश्कर्माको दाँया हात र निधारमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।

अहिले घाईते दुवैको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार