विद्युतको तार सर्ट हुँदा घरमा आगलागी

विद्युतको तार सर्ट हुँदा घरमा आगलागी

विद्युतको तार सर्ट हुँदा आगलागी भएको सानीभेरी गाउँपालिका ४ बलिबाङका खड्क ओलीको घर ।

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ बलिबाङस्थित एक घरमा आगलागी भएको छ ।

बुधबार विद्युतको तार सर्ट भएर सानीभेरी गाउँपालिका –४ बलिबाङका भूकम्पपीडित खड्क ओलीको अस्थायी आवासमा आगलागी भएको वडा अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो ।

आगलागीबाट टहरा बाहेक करिब दुई लाख ५० हजार बराबारको सामाग्री जलेर नष्ट भएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । आगलागीमा परेर टहरामा राखिएका लत्ता कपडा, खाद्यन्न, दुई वटा मोबाईल लगायतका सामाग्री जलेका छन् । यसका साथै खाना पकाउने ग्यास सिलिण्डर समेत पड्किएर टहरामा थप क्षति भएको बताईन्छ ।

आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीयवासी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा ल्याईएको थियो ।

गत कार्तिक १७ गतेको भूकम्पको कारण ओलीको घरमा क्षति भएपछि अस्थायी टहरा बनाएर उहाँको श्रीमती र छोराछोरी बस्दै आउनुभएको थियो । ओली भने बैदेशिक रोजगारीको शिलसिलामा देश बाहिर हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार