इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना स्थगित

इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना स्थगित

काठमाडौँ  । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीबाट इजरायलको कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको छ । विभागले मंगलबार बिजनेस टु बिजनेस(बी-टु-बी)  माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भई अध्ययन भइरहेकोले हाललाई भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको हो ।

विभागले इजरायलको विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति, संस्था तथा समूहले गैरकानुनी रुपमा प्रलोभन दिई रकम उठाएमा विभागलाई जानकारी दिन अनुरोध गरिएको छ । विभागले पहिलोपटक कृषि क्षेत्रमा दुई सय जना कामदार पठाउनको लागि छनोट गर्न काठमाडौं इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई अनुमति दिइएको थियो । यो पनि रोकिएको छ ।

इजरायलमा सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) र विश्वविद्यालयमार्फत ‘लर्न एन्ड अर्न’ कार्यक्रममा मार्फत कृषि क्षेत्रमा विद्यार्थी मात्रै जाने व्यवस्था छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार