एमाले रुकुम पश्चिमको जिल्ला अधिवेशन भोलिदेखि हुँदै

एमाले रुकुम पश्चिमको जिल्ला अधिवेशन भोलिदेखि हुँदै

मुसिकोट । नेकपा एमाले रुकुम पश्चिमको नवौ जिल्ला अधिवेशन भोलि शुक्रबारदेखि हुने भएको छ ।

पार्टीको नवौ जिल्ला अधिवेशन चैत १६ गते उद्घाटन हुने र १७ गते बन्दसत्र हुने नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष जिल्ला अध्यक्ष नन्दराम देवकोटाले जानकारी दिनुभयो ।

अधिवेशनको बारेमा जानकारी दिन आज पार्टी कार्यालय बागबजारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो । उहाँले अधिवेशनबाट सकभर सर्वसम्मत नेतृत्व चयन हुने, नभए चुनावी प्रक्रिया मार्फत नेतृत्व चयन हुने बताउनुभयो ।

अधिवेशनको उद्घाटन पार्टीका उपााध्यक्ष युवराज ज्ञवालीले गर्नुहुने भएको छ । अधिवेशनमा करिब ३५० जना प्रतिनिधि सहभागी हुने र प्रतिनिधि छनौटको काम अन्तिम चरणमा रहेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । उद्घाटन सत्र अघि ¥याली निकालिने र पार्टी कार्यालयमै उद्घाटन सत्र हुने कार्यक्र तय गरिएको छ ।

पार्टीको विधान अनुसार तीन वर्षे कार्यकाल हुनेपर्ने भएतापनि पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटको निश्कर्ष र पार्टी केन्द्रको सर्कुलेशन अनुसार देशभरका जिल्ला कमिटीको अधिवेशन हुन थालेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार