एसइई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

एसइई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।

उनले नियमित एसईई परीक्षार्थी आफनो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।

‘त्रिभुवन माविमा एक जना नक्कली परिक्षार्थी भेटिएपछि विद्यालयले नै पत्र काटेर पठाएको छ । थप अनुसन्धान भइरहेकोछ’ उनले भने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार