मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको प्रकाशन मिडिया डायरी-२०८० विमोचन गरिएको छ । शुक्रबार नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा मुसिकोटमा आयोजित एक कार्यक्रमका बिच डायरी विमोचन गरिएको हो ।
मिडिया डायरीमा जिल्लास्थित पत्रकार, सञ्चार माध्यम, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरूको विवरण र कार्यालय प्रमुखहरूको सम्पर्क नम्बर पनि राखिएको छ । त्यस्तै एम्बुलेन्स, प्रहरी, राजनीतिक दल, सांसद तथा अन्य महत्त्वपूर्ण निकायका सम्पर्क नम्बर समेत राखिएको अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
डायरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको सहयोगमा प्रकाशन गरिएको उहाँले बताउनुभयो । यो डायरी जिल्लाका सबै निकायहरूमा उपलब्ध गराइने अध्यक्ष केसीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विक, मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी, आठविसकोट नगरपालिका प्रमुख रवि केसी, माननीय जिल्ला न्यायाधीश रामप्रसाद बस्याल, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली , जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकारका सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा कार्यरत पत्रकार साथीहरु, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

