तीन बहिनी युवा क्लबको वार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगिता हुने

तीन बहिनी युवा क्लबको वार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगिता हुने

फाईल फोटो ।

मुसिकोट । तीन बहिनी युवा क्लब मुसिकोट नगरपालिका-८ घोरखानीको वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिता प्रतियोगिता हुने भएको छ ।

नयाँ वर्ष २०८१ र तीन बहिनी युवा क्लबको प्रथम वार्षिकोत्सबको अवसरमा चैत २४ गतेदेखि बैशाख १ गतेसम्म विविध खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न लागेको क्लबका अध्यक्ष संघर्ष पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार साविक वडास्तरिय पुरुष भलिबल, साविक वडास्तरिय महिला भलिबल, खुल्ला पुरुष र महिला रस्साकस्सी, एकल नृत्य, घैटोफोर र भाले रेल प्रतियोगिताहरु सञ्चालन गरिने छ ।

त्यस्तै पुरुष भलिबलको विजेता समुुह प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने समुहलाई क्रमश ३५०००, २५००० र १५००० नगदले सम्मान गरिनेछ भने महिला भलिबलमा विजयी प्रथम,द्वितीय र तृतीय स्थान ल्याउने समुहलाई क्रमश २०,००० ,१२००० र ८००० नगदले सम्मान गरिने छ ।

चैत्र २४ गते उदघाटन हुने खेलकुद प्रतियोगितामा उपस्थित झाँकी नाच ,मयुर नाच तथा आमा समुहलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार