आठविसकोटमा आगलागीबाट ३५ लाख बराबरको क्षति

आठविसकोटमा आगलागीबाट ३५ लाख बराबरको क्षति

आठविसकोट। रुकुम पश्चिमको आठविसकोट नगरपालिका–२ स्यालामा खाद्यान्न तथा किराना पसलमा आगलागी भएको छ । आइतबार राती १०:३० बजे स्थानीय धनबहादुर बोहराको घरमा आगलागी हुदाँ ३५ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आगलागीबाट घरमा रहेको खाद्यान्न तथा किराना पसल, नास्ता पसल, लत्ता कपडासहित नगद जलेको छ ।

बोहराको चार कोठाको दुईतले जस्तापाताले छाएको कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको हो । आगो प्रहरी र स्थानीयको सहयोगमा सोमबार बिहान नियन्त्रणमा आएको थियो ।

यस्तै आगलागी पीडित परिवारलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । वडाका तर्फबाट एक बोरा चामल, एक बोरा दाल, दुई कम्बल, एक फाइवर सिरक र खाना पकाउनका लागि भाडा सहयोग गरिएको वडाध्यक्ष देवबहादुर यरीले जानकारी दिनुभयो ।

आगलागीको कारण भने नखुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार