कर्णालीको मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ।

आज प्रदेश प्रमुख तिलक परियारले नेपालको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ बुधबार हुने प्रदेशको कार्यालयले जनाएको छ।

कँडेललाई  नेकपा (एमाले) का सभामुख सहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ। ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक सङ्ख्या २१ हो। जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन्।

कँडेलले मुख्यमन्त्रीमा भएपनि मन्त्रालय भागबन्डाको विषय भने टुङ्गिएको छैन। सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूले पाउनुपर्ने माग अघि सारेपछि भागबन्डामा कुरा नमिलेको जनाइएको छ।

प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागी भएको यो दोस्रो पटक हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार