पत्रकार महासंघ रुकुम पश्चिमको क्यालेण्डर सार्वजनिक

पत्रकार महासंघ रुकुम पश्चिमको क्यालेण्डर सार्वजनिक

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाद्धारा प्रकाशित २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर) एक कार्यक्रमकावीच सार्वजनिक गरिएको छ ।

शुक्रबार महासंघको सातौँ जिल्ला अधिवेशन तथा आठौँ बार्षिक साधारण सभाको अवसरमा बार्षिक क्यालेन्डर सार्वजनिक गरिएको हो।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका उप-प्रमुख देवबहादुर बिक, महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रिय सदस्य दिपेन्द्र शर्मा, कर्णाली प्रदेश महासचिव खगेन्द्र भट्टराई, नेपाल प्रेस युनियनका सचिव युवराज रेग्मी, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठा मगर, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायतका अतिथिले सामुहिक रुपमा भित्तेपात्रो सार्वजनिक गर्नुभएको हो ।

क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने मुसिकोट नगरपालिका –१३ घरभई हाल अमेरिकामा बस्दै आउनु भएका निखिल खड्कालाई महासंघले धन्यवाद पनि दिएको छ । भित्तेपात्रोमा महासंघले गरेका विभिन्न गतिबिधिहरु समाबेश गरिएको छ ।

यो भित्तेपात्रो जिल्लाका सबै निकायहरूमा उपलब्ध गराइने नेपाल पत्रकार महासंघ रुकुम पश्चिम का अध्यक्ष केसीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार