आठविसकोटमा भिरबाट लडेर एक जनाको मृत्यु

आठविसकोटमा भिरबाट लडेर एक जनाको मृत्यु

मुसिकोट । रुकुम पश्चिमको आठविसकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आठविसकोट नगरपालिका-५ थापागाउँका ४१ बर्षिय सर्जन थापाको भिरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी नवराज पोखरेलका अनुसार शुक्रबार बेलुका स्थानीय झिम्रि खोलामा पानी बनाएर फर्कने क्रममा भिरबाट लडेर थापाको मृत्यु भएको हो । थापा खानेपानीको चौकीदार पदमा कार्यरत हुनुहुन्थ्यो ।

घटनाबारे शनिबार बिहान मात्र प्रहरी समक्ष सूचना प्राप्त भएको थियो । डिएसपी पोखरेलका अनुसार स्थानीयले टेलिफोनमार्फत प्रहरी चौकी गोतामकोटमा दिएको सूचना लगत्तै चौकी र ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पठाईएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार