एमाले रुकुम पूर्वको अध्यक्षमा लिलामणि गौतम सर्वसम्मत

एमाले रुकुम पूर्वको अध्यक्षमा लिलामणि गौतम सर्वसम्मत

मुसिकोट । नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा लिलामणि गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ। पार्टिको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गौतम सर्वसम्मत निर्वाचित भएका हुन् ।

गौतमको नेतृत्वमा ७८ सदस्य जिल्ला कमिटी सर्वसम्मत भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा गोपाल रेउले, सचिवमा तेजेन्द्र बुढा र उप–सचिवमा पशुपती खड्का तथा केशकुमारी तुलाचन सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक दामोदर पौडेलले जानकारी दिनुभयो ।

यस्तै ७ सदस्सिय लेखा समितिको संयोजकमा चिन्तामणी दाहाल र सचिवमा शोभाकर शर्मा पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवनिर्वाचित टिमलाई केन्द्रीय निर्वाचन आयोग सदस्य हिरा चन्द केसीले शपथ ग्रहण गराउनु भएको हो ।

अधिवेशनमा लुम्बिनी प्रदेशका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधा कृष्ण कँडेल, पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्य तथा रुकुम पूर्वका इन्चार्ज नवीन रोका, रुकुम पश्चिमका पार्टी अध्यक्ष नन्दराम देवकोटा, लगायतले नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार