बोहराद्वारा नि:शुल्क स्वास्थ्य बीमा

बोहराद्वारा नि:शुल्क स्वास्थ्य बीमा

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ छिङका तुलसिराम बोहराले विपन्न नागरिकलाई स्वास्थ्य बिमा गरिदिनु भएको छ। फजुल खर्चलाई बचाएर नयाँ वर्षमा केही नयाँ गर्ने उद्देश्यले विपन्न परिवारका लागि स्वास्थ्य बिमा गरिदिएको बोहराले बताउनुभयो।

नयाँ वर्ष २०८१ को अवसरमा व्यक्तिगत रूपमा स्थानीय पदम कामी, दर्शन परियार, ओइली दमाई, सीता कामी, सीता बोहरा र लीला विष्टको परिवारलाई वार्षिक एकरएक लाखको स्वास्थ्य बिमा गरिदिएको बोहराले बताउनुभयो ।

५/५ जना परिवार सदस्य भएका परिवारका ३० जनाका लागि स्वास्थ्य बिमा गरिदिएको र प्रति परिवार वार्षिक एक लाखका दरले ६ परिवारले ६ लाखसम्मको निःशुल्क उपचार सेवा पाउने बोहराले बताउनुभयो ।

बोहरा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कम्प्युटर अपरेटरका रूपमा कार्यरत हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार