बाटोमा भेटिएको १७ लाख रुपैयाँ प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाइयो

बाटोमा भेटिएको १७ लाख रुपैयाँ प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाइयो

काठमाडौं । भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई बुझाएका छन्।
अहिले पोखरा महानगरपालिका वडा नम्बर ३ बस्ने छोटुलाल शर्माले बाटोमा फेला पारेको रकम माता श्री ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनारलाई बुझाउनु भएको हो।
बिहीबार दिउँसो साढे १ बजेटिर पोखरा–८, पृथ्वीचोकमा रहेको ज्वेलर्सबाट त्यहाँका कालिगढ मनोहर पवँर रकम जम्मा गर्न नयाँबजारको कृषि विकास बैंक जाने क्रममा बाटोमा सो रकम राखिएको झोला खसेको थियो।
मोटरसाइकलको लेगार्डमा राखिएको रकमसहितको झोला खसेको र पाउने शर्माले प्रहरीलाई जानकारी गराएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो।
रकम हराएको जानकारी आएपछि कास्की प्रहरी प्रहरी नायब उपरीक्षक शर्माको नेतृत्वमा खोजतलासमा खटिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार