भूकम्प प्रतिरोधी घर बनाउन डकर्मीलाई तालिम

भूकम्प प्रतिरोधी घर बनाउन डकर्मीलाई तालिम

मुसिकोट । रुकुम पश्मिमा भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सीपयुक्त तालिम सञ्चालन गरिएको छ । जिल्लाको आठविसकोट नगरपालिकामा डकर्मीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

५० दिने (तह १) तालिमका लागि स्वीस सरकारले सञ्चालन गरेको परियोजनाले सहयोग गरेको छ । यो परियोजनाको कार्यान्वयन हेल्भेटास नेपालले गरेको छ ।

आजबाट सुरु भएको तालिममा आठविसकोट नगरपालिका ११,१२,१३ र १४ का स्थानीय बासिन्दा सहभागी छन भने जसमध्ये २० प्रतिशत महिला रहेका छन् ।

आज एक कार्यक्रमका बिच नगर प्रमुख रवि केसिले तालिमको उदघाटन गर्नुभएको छ । तालिमले आगामी पुनर्निर्माणमा भौतिक पूर्बाधार भुकम्प प्रतिरोधात्मक निर्माण गर्ने महत्त्वपुर्ण भूमिका खेल्ने नगर प्रमुख केसिले बताउनुभयो ।

भूकम्पपछिको आवास पुनर्निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजनाका टिम लिडर दिनेश पाण्डेले जानकारी दिनुभयो ।
यो कार्यक्रम अन्तरगत जाजरकोट र रुकुम पश्चिम २ सय डकर्मीहरुलाई तालिम दिने उदेश्यका साथ कार्यक्रम संचालक गरिएको टिम लिडर पाण्डेले जानकारी दिनुभयो ।
यस अघि जाजरकोट्को भेरी नगरपालिका, नलगाड नगरपालिकामा भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि तालिम दिईएको छ ।

कर्णाली प्रदेश भौतिक पूर्बाधार तथा शहरी विकास मन्त्रालयको समन्वयमा सञ्चालन गरिएको तालिमको सहजिकरण ट्रेसनेपाल सस्थाले गरेको जनाइएको छ ।

तालिममा भूकम्पबाट प्रभावित क्षेत्रका २० जना सहभागी भएका छन । तालिमको क्रममा भूकम्पबाट प्रभावित बिपन्न समुदायको लागि २ कोठे घर समेत तयार हुने जनाइएको छ । तालिमले स्थानिय युवाहरूमा रोजगारिको सिर्जना गर्ने साथै भूकम्प प्रभावित क्षेत्रमा गरिने पुर्ननिर्माणको लागि आवश्यक दक्ष जनशक्ति समेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।

तालिममा ढुङ्गा, इँटाको गाह्रो कसरी लगाउने, घरमा डन्डी कसरी राख्ने, झ्याल ढोका कसरी हाल्ने, क्रङ्किटको घर कसरी निर्माण गर्ने भन्नेबारेमा डकर्मीलाई तालिम दिइने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार