रुकुम पश्चिममा डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास

रुकुम पश्चिममा डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास

मुसिकोट । रुकुम पश्चिममा वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ । जिल्ला वन सुरक्षा समितिले वन डढेलो नियन्त्रणका लागि दुई दिने अभ्यास कार्यक्रम सम्पन्न गरेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार मुसीकोट नगरपालिका –१ सल्लेमा वैशाख ७ र ८ गते वन डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास गरिएको छ।

उहाँका अनुसार पहिलो दिनमा सैद्धान्तिक बिषयका विभिन्न सेसनहरु सञ्चालन गरिएको थियो भने दोश्रो दिनमा वन डढेलो नियन्त्रणको व्यवहारिक संयुक्त अभ्यास डेमो सल्ले बिमानस्थलमा गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मुसीकोट नगरपालिकाका नगर प्रहरी, वन रक्षकहरु तथा कर्मचारीहरुसहित ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा वन डढेलो, यसका असर, नियन्त्रणका उपायहरु लगायतका सैद्धान्तिक बिषयमा सहजिकरण गरिएको थियो भने डढेलो नियन्त्रणको व्यवहारिक अभ्यास गरिएको थियो ।

जिल्ला वन सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका सभापति रमा गौतम, डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शेरबहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय गर्मियाम सुरु भएसँगै जिल्लाका सामुदायिक वन क्षेत्रमा दिनहुँजसो आगलागीका घटनाहरु भइरहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार