वैशाख १४ देखि त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव

वैशाख १४ देखि त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलो त्रिवेणी व्यापार तथा सांकृतिक महोत्सव हुने भएको छ । मयूर युवा क्लव त्रिवेणीको आयोजनामा वैशाख १४ गतेदेखि २४ गतेसम्म सिम्रुतुमा महोत्सव सञ्चालन हुने लागेको हो ।

मयूर युवा क्लवको आयोजना तथा राप्ती साहित्य परिषद रुकुम पश्चिमको समन्वयमा महोत्सव सञ्चालन गर्न लागिएको क्लवका सचिव सोमपाल कामीले जानकारी दिनुभयो । महोत्सवको व्यवस्थापन सिम्रुतु बजार व्यवस्थापन समितिले गर्ने छ । भने संरक्षकको रुपमा त्रिवेणी गाउँपालिका रहेको छ ।

महोत्सवमा ५० वटा व्यापारिक स्टल राखिने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य वस्तुलाई समेत प्रचार गरिने बताएको छ । महोत्सवमा स्थानीय कलाकार सँगै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहेने आयोजकले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार