बाँफिकोटमा घर आगलागी हुँदा एक जनाको मृत्यु

बाँफिकोटमा घर आगलागी हुँदा एक जनाको मृत्यु

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ दारकाट्यामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो ३ बजे ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षिया बुदि कामीको मृत्यु भएको वडाध्यक्ष तिलवीर केसीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् ।

अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको वडा अध्यक्ष केसीले बताउनुभयो । स्थानीयवासी र ईलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रिखोला सामुदायिक वन, साइकुमारी सामुदायिक वनमा फैलिएको छ ।

घरमा आगलागी हुँदा भएको क्षतिको विवरण भने अझै सङ्कलन हुन सकिरहेको छैन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार