रुकुम पूर्वमा कांग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण

रुकुम पूर्वमा कांग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण

रुकुमकोट । नेपाली कांग्रेस रुकुम पूर्वले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाली कांग्रेस निति प्रशिक्षण बिभागको आयोजना र नेपाली कांग्रेस लुम्बिनी प्रदेशको समन्वयमा दुई दिने जिल्ला स्तरीय अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज बाट सुरु भएको हो ।

पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ती प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने कांग्रेसले जनाएको छ । प्रशिक्षण कार्यक्रममा
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका उप-सभापति भुवन श्रेष्ठ, कोषाध्यक्ष प्रकाश राना, युवा नेता प्रमोदहरि गुरागाई लगायतका नेताहरुले सहजीकरण गर्ने जनाइएको छ ।

यस्तै प्रशिक्षक गुरागाई कांग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिने जानकारी दिनुभयो । कार्यक्रम भोली सम्म सञ्चालन हुने ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार