सानीभेरीमा भूकम्प प्रतिरोधी घर बनाउन डकर्मीलाई तालिम

सानीभेरीमा भूकम्प प्रतिरोधी घर बनाउन डकर्मीलाई तालिम

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि डकर्मीहरुलाई तालिम सञ्चालन गरिएको छ । आईतबार एक कार्यक्रमका बिच सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट र उपाध्यक्ष कमला रोका पुनले भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिमको शुभारम्भ गर्नुभएको हो ।

तालिममा ढुङ्गा, इँटाको गाह्रो कसरी लगाउने, घरमा डन्डी कसरी राख्ने, झ्याल ढोका कसरी हाल्ने, क्रङ्किटको घर कसरी निर्माण गर्ने भन्नेबारेमा डकर्मीलाई तालिम दिइने छ । भूकम्पपछिको आवास पुनर्निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको हो । तालिम सानीभेरी गाउँपालिकाको तीन ठाउँमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

आईतबार पहिलो दिन १, २, ४ र ७ नम्बर वडालाई लक्षित गरि गिठाकोटमा २० जना डकर्मीहरुको सहभागितामा तालिम सञ्चालन गरिएको छ । एक वडाबाट पाँच जना डकर्मीहरुको तालिममा सहभागि हुने आयोजकले जनाएको छ । ५० दिने ९तह १० यो तालिम हेल्भेटास नेपालले स्वीस सरकारले सहयोग र सानीभेरी गाउँपालिकाको आयोजनामा सञ्चालन गरेको हो । सीप तथा पुर्ननिर्माण परियोजना अन्तर्गत सञ्चालित यो तालिम कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको समन्वय र ट्रेस नेपालको सहजिकरणमा सञ्चालन हुने बताईएको छ ।

यो कार्यक्रम अन्तरगत जाजरकोट र रुकुम पश्चिम दुई सय डकर्मीहरुलाई तालिम दिने परियोजनाका टिम लिडर दिनेश पाण्डेले जानकारी दिनुभयो । उहाँले यस अघि जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भुकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि तालिम सम्पन्न गरिसकेको जनाउनुभयो ।

आठविसकोट नगरपालिकामा पनि तालिम सञ्चालन भैरहेको बताईएको छ । तालिमले स्थानीय युवाहरूमा रोजगारिको सिर्जना गर्ने साथै भूकम्प प्रभावित क्षेत्रमा गरिने पुर्ननिर्माणको लागि आवश्यक दक्ष जनशक्ति समेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार