रुकुम पूर्वमा मानसिक स्वास्थ्य पैरवी सञ्जाल गठन

रुकुम पूर्वमा मानसिक स्वास्थ्य पैरवी सञ्जाल गठन

रुकुमकोट । रुकुम पूर्वमा मानसिक स्वास्थ्य पैरवी सञ्जाल गठन गरिएको छ । मानसिक स्वास्थ्य सवाललाई समुदाय तथा जिल्ला तहमा प्रवाह,पैरवी गर्नको लागि ९ सदस्य मानसिक स्वास्थ्य पैरवी सञ्जाल गठन गरिएको हो ।

मगंलबार नेपाल जनजागर मञ्च (एन प्याफ) को पहलमा विभिन्न सरोकारवाला निकायहरुमा सहभागीतामा उपेन्द्रलाल कामीको सयोजकत्वमा सञ्जाल गठन भएको हो । सञ्जालको सदस्य सचिवमा एन प्याफ रहने जनाइएको छ ।

एन प्याफले रुकुम पूर्व र रुकुम पश्चिममा मानसिक स्वास्थ्यको क्षेत्रमा विगत १६ बर्षदेखि काम गर्दै आएको छ । मानसिक स्वास्थ्य सेवालाई नीतिगत र व्यवहारिक रुपमा पैरवी गर्न सञ्जाल गठन गरिएको एन प्याफका अध्यक्ष टेक बहादुर कुसारीले जानकारी दिनुभयो ।

त्यस्तै सञ्जालको सदस्यमा गैरसरकारी संस्था, पत्रकार, शिक्षक, नागरिक समाज रहेका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार