कर्णाली प्रदेशमा टुङ्गियो मन्त्रालयको भागबण्डा

कर्णाली प्रदेशमा टुङ्गियो मन्त्रालयको भागबण्डा

कर्णाली प्रदेशमा सत्तारूढ दलहरूले मन्त्रालयको भागबण्डा टुङ्ग्याएका छन्।

मंगलबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माबीच भएको छलफलबाट मन्त्रालय भागबण्डा टुंगिएको हो।

यसअघि भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। जसले गर्दा चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले एक्लै मन्त्रालय सम्हालेका थिए।

सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ।

एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ।

यता एमालेले भने कुन मन्त्रालय कसले लिने भन्ने विषयमा स्पष्ट बताइसकेको छैन। मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार