मलामी गएका पुरुष भेरी नदीमा डुबेर बेपत्ता

मलामी गएका पुरुष भेरी नदीमा डुबेर बेपत्ता

मुसिकोट । मलामी गएका रुकुम पश्चिम एक पुरुष भेरी नदीमा डुबेर बेपत्ता भएका छन् । चौरजहारी नगरपालिका -३ रानिसागर स्थित भेरी नदिमा डुबेर एक पुरुष बेपत्ता भएका हुन् ।

बुधबार दिउँसो (आज) चौरजहारी नगरपालिका-९ निवासी ६१ बर्षिय नारायण खड्का भेरी नदिमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मलामी गएका खड्का दाहसंस्कारपछि नुहाउन लाग्दा भेरी नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

खड्का बेपत्ता भएको सूचना लगत्तै ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ईश्वर देव गिरीको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थल तर्फ गएर खोजबिनमा लागेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार