नेपाली काँग्रेस मुसिकोटको नगर सम्मेलन सुरु

नेपाली काँग्रेस मुसिकोटको नगर सम्मेलन सुरु

नेपाली काँग्रेस मुसिकोट नगरपालिका रुकुम पश्चिमको प्रथम नगर सम्मेलन सुरु भएको छ । सोमबार खलंगास्थित बिपि स्मृति भवनमा सम्मेलन सुरु भएको हो ।

नगर सभापति प्रेमबहादुर ओलीको अध्यक्षतामा भएको सम्मेलनमा नेपाली काँग्रेसका कर्णाली प्रदेश महामन्त्री एवम् राष्ट्रिय सभाका सदस्य प्रमुख सचेतक कृष्णबहादुर रोकायको प्रमुख आतिथ्यता रहेको छ ।

सम्मेलनमा नगर सभापति ओलीले पेश गर्नुभएको सांगठानिक प्रतिवेदन उपर छलफल चलिरहेको छ । मुसिकोट नगरपालिकास्थित १४ वटै वडाका सभापतिहरुले सम्मेलनको शुभकामना मन्तव्यसहित भनाई राख्ने क्रम चलिरहेको छ । मन्तव्यको क्रममा अधिकांस नेताहरुले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् ।

सम्मेलनमा नेपाली काँग्रेका जिल्ला उपभापतिद्वय हर्कसिंह खत्री र सुरतजंग मल्ल, पार्टी सचिव परमेश्वर भण्डारी, सहसचिव यज्ञबहादुर बिष्ट, कोषाध्यक्ष मोहबिर खड्का, क्षेत्रिय सभापति एवम् मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, महाधिवेशन प्रतिनिधीहरु, प्रदेश प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, जिल्ला कार्यसमितिका नेताहरु, नगर कार्यसमितिका पदाधिकारीहरु, क्रियाशिल सदस्यहरु लगायत शुभेक्छुकहरुको उल्लेख सहभागिता रहेको छ ।

नगर सभापति ओलीले हाल नगरपालिका क्षेत्र भित्र एक हजार सात सय ९३ जना क्रियाशिल सदस्यहरु रहेको र आगामी अधिवेशनसम्म सदस्यता बिस्तार गर्ने लक्ष्य राखिएको बताउनुभयो । सम्मेलन आजै सम्पन्न हुने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार