ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मुसिकोट । रुकुम पश्चिममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा मिनि ट्रकको ब्रेक फेल भई मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार त्रिवेणी गाउँपालिका-४ खारा निवासी अन्दाजी ४५ वर्षिय जयबहादुर गिरीको मृत्यु भएको हो ।

आज बिहान रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले मृतक गिरी सवार रा ६ प ८५५८ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षिय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ । ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको

आक्रोशित स्थानीयहरुले ट्रक तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा २२ जनाको प्रहरी टोली खटिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार