गोरखापत्रकर्मी राजु उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत

गोरखापत्रकर्मी राजु उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत

काठमाडौं । रुकुम पश्मिका क्रियाशिल पत्रकार राजु लामिछाने पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा उहाँलाई पुरस्कारसहित सम्मान गरिएको हो ।

गोरखापत्र दैनिकका रुकुम पश्चिम समाचारदाता लामिछानेलाई उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कार तथा सम्मा प्रदान गरिएको हो । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा सम्पन्न विशेष समारोहमा उहाँलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँलाई सम्मान पत्र, नगद र दोसल्ला सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ निवासी लामिछाने विगत दुई दशक देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

लामिछानेलाई यस अघि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले पनि पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार