हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ गर्ने

हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ गर्ने

विभिन्न अभियोगमा पक्राउ परेका व्यक्ति प्रहरीको हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई सरकारले कडाइ गर्ने भएको छ ।

स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति बढेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसबारे चासो लिएर छलफल सुरु गर्नुभएको थियो । प्रहरीले अनुसन्धान र अभियोजनका लागि पक्राउ गरेको आरोपितले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ गर्न गृह मन्त्रालयले सोमबार तीनबुँदे निर्णय गरेको छ ।

गृह मन्त्रालयले यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्ने उद्देश्यले सो निर्णय गरेको हो । गृहमन्त्रीस्तरीय निर्णय अनुसार शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोग नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र आरोपितलाई चिकित्सकले अस्पताल भर्ना गराउन सिफारिस गर्नुपर्ने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार