बिपी स्मृति भवनको उद्घाटन

बिपी स्मृति भवनको उद्घाटन

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको नवनिर्मित (वीपी स्मृति भवन) पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

बुधबार जिल्ला सदरमुकाम मुसिकोट खलंगामा रहेको पार्टीको भवन नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभएको हो ।

३ तले १४ कोठाको भवन एक करोड १४ लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लाल बहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टिको भवन निर्माणको लागि विभिन्न व्यक्ति तथा निकायहरुबाट एक करोड ११ लाख ३३ हजार रकम प्राप्त भएको छ ।

भवन उद्घाटन कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उक्त भवन २०७३ जेठ ५ गते पार्टीका तत्कालीन महामन्त्री डा. शशांक कोइरालाले शिलान्यास गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार