घट्यो पेट्रोल र डिजेलको भाउ

घट्यो पेट्रोल र डिजेलको भाउ

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।

यस्ताे छ सूची:

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार