रुकुम पश्चिममा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

१० हजार १६९ बालबालिकालाई खोप लगाइँदै

रुकुम पश्चिममा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

१० हजार १६९ बालबालिकालाई खोप लगाइँदै

मुसिकोट । रुकुम पश्चिममा आइतबार (भोली) देखि पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ।

स्वास्थ्य सेवा कार्यालय रुकुुम पश्चिमका सूचना अधिकारी एवं जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओलीका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गर्ने लागिएको हो ।

पहिलो चरणको खोप चौरजहारी नगरपालिकामा सञ्चालन हुनेछ । भोली जेठ १३ गते देखि १८ गतेसम्म चौरजहारीमा खोप अभियान सञ्चालन हुनेछ भने जिल्लाका अन्य पाँच पालिकामा जेठ २० देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन गरिनेछ ।

सूचना अधिकारी ओलीले जिल्लाभरमा करिब १० हजार १६९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो । चौरजहारी नगरपालिकाका एक हजार ९६०, मुसीकोट नगरपालिकाका दुई हजार ३३७, आठविसकोट नगरपालिकाका दुई हजार ४४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिकाका एक हजार ३१८, त्रिवेणी गाउँपालिकका एक हजार ७१ र सानीभेरी गाउँपालिकाका एक हजार ४३९ जना बालबालिकालाई खोप लगाईने सूचना अधिकारी ओलीले जानकारी दिनुभयो ।

विद्यालयमा रहेका र विद्यालय बाहिर रहेका सबैबालबालिकाहरुलाई यो खोप लगाईने छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार  स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र सञ्चालन हुने छ ।

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन दुई सय ९३ खोप केन्द्र तोकिएका छन्। अभियानमा दुई सय ७८ खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार