मुसिकाेटमा गाडी दुर्घटना

मुसिकाेटमा गाडी दुर्घटना

रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका वडा नम्वर १ गिल्वाङ नजिकै गाडी दुर्घटना भएको छ । आज बेलुका गाडी दुर्घटनामा परेर तीन जना गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार बाँफिकोट गाउँपालिका ४ को छिनखेतबाट मुसिकोट खलंगा तर्फ आउँदै गरेको कर्णाली प्रदेश २-००१ च ०४१३ नम्वरको सानो गाडि सोलावाङ – बालुवा सडकखण्ड अन्तर्गत  गिल्वाङ नजिकै दुर्घटना भएको हो ।

गाडिमा ६ जना सवार रहेको र सबै घाईते भएको बताईएको छ । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो । घाईतेहरुको पहिचान खुलेको छैन ।

घाईतेहरुलाई जिल्ला अस्पताल सल्ले ल्याईदै गरेको उहाँले बताउनुभयो । इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनको उक्त सानो गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको बताईएको छ ।

दुर्घघटनाको थप विवरण आउन बाँकी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार