मुसिकोटमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते

मुसिकोटमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते

मुसिकोट । रुकुम पश्चिमको सोलावाङ धाउन्ने सडक खण्डको गिलवाङमा गाडी दुर्घटना हुँदा  ३ जनाको मृत्यु भएको छ ।

आईतबार राती ८:३० बजेको समयमा मुसिकोट खलंगाबाट बाँफिकोट गाउँपालिका-४  छिनखेत तर्फ जाँदै गरेको गाडी मुसिकोट नगरपालिका-१ को गिलवाङ नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार वर्ल्ड लिङ्क कम्युनिकेसनको कर्णाली प्रदेश ०२००१ च ०४१३ नम्बरको गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका -५ का २७ वर्षीय सौगात विक, सुर्खेतको गुर्भागोट नगरपालिका-८ का ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका बड्डीचौरका २२ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय आरएन भनिने टीकाराम खनाल रहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।

घाईतेहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । गाडी सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार