रास्वपाले असार ७ गते चियापान गर्ने

रास्वपाले असार ७ गते चियापान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । सो पार्टीको आजको केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको सहमहामन्त्री एवम् सङ्गठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

“स्थापना दिवसका अवसरमा असार १ गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाइ, वृक्षारोपण र मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । सहमहामन्त्री बुर्लाकोटीले पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू गरी स्थापना दिवस मनाउन अनुरोध गरिएको बताउनुभयो । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार