नेविसंघ बाँफिकोटको अध्यक्षमा कुसारी

नेविसंघ बाँफिकोटको अध्यक्षमा कुसारी

मुसिकोट । नेपाल विद्यार्थी संघ बाँफिकोटको प्रकाशन समुन्नत बाँफिकोट नामक प्रथम मुखपत्र बिमोचन तथा दोस्रो पालिका अधिबेशन सम्पन्न भएको छ । शनिबार बिशेष कार्यक्रमका बिच सुरु भएको अधिवेशन आईतबार नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको ।

अध्यक्षमा सुस्तम कुसारी चयन हुुनुभएको छ । आईतबार सम्पन्न नेविसंघ बाँफिकोटको बन्द सत्रबाट कुसारीको अध्यक्षतामा पछि थप गर्ने गरि ५७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा बालाराम खत्री, पुस्पा गिरी र सुनिल शाही सर्वसम्मत चयन हुनुभएको हो ।

संघको सचिवमा नबिना जैसी र नेत्रलाल खनाल, कोषाध्यक्षमा लक्ष्मी शाही, सह सचिबमा कल्पना खत्री, कबिराम परियार र बिनोद कुसारी चयन भएको निबर्तमान अध्यक्ष दिपेन्द्रराज कुसारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न विभागहरु पनि गठन गरिएको छ । कार्यक्रमका नेपाली काँग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिं खत्री , महासमिति सदस्य एवं बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा मगर, नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमिति सचिब देब बहादुर कुसारी , बाँफिकोट गाउँपालिका वडा न २ वडा अध्यक्ष तथा पार्टी सभापति प्रकाश खत्री , वडा सभापति नम बहादुर शाही , रुक्मेली क्याम्पस मुसीकोटका स्वबियु सभापति अनिषेश केसी, कलाकार इशोरी लामीछाने लगायतको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार