निशुल्क स्वास्थ्य शिबिरबाट ५ सय ४१ लाभान्वित

निशुल्क स्वास्थ्य शिबिरबाट ५ सय ४१ लाभान्वित

मुसिकोट । रुकुम पश्चिममा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिबिरबाट ५१४ जना लाभान्वित भएका छन् ।

गोर्खा वेल्फेयर ट्रस्ट नेपालको आयोजना र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको व्यवस्थापनमा कानको समस्या र अपाङ्गता भएका व्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य शिबिर सञ्चालन भएको थियो ।

शिबिरमा श्रवन सामाग्री वितरण, कानको जालीको अप्रेसन, अपाङ्गता भएका व्यक्तिहरुलाई कृतिम अंग वितरण गरिएको गोर्खा वेल्फेयर ट्रस्ट नेपालका प्रोजेक्टर मेनेजर जय लिम्वुले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरबाट ७५ जना अपाङ्गता भएका व्यक्तिलाई ९३ वटा कृतिम अंग (कृतिम हात, खुट्टा) सहयोग, कृतिम अंग नाप जाँच गरिएको छ । त्यस्तै ५४ जनाको कानको जाँलीको अप्रेसन, २ सय ११ वटा श्रवनयन्त्र वितरण, १५ जना गरिव तथा विपन्न घर परिवारको विरामिलाई निशुल्क स्वास्थ्य परामर्श तथा उपचारको लागि रिफर गरिएको प्रोजेक्ट मेनेजर लिम्वुले जानकारी दिनुभयो ।

उहाँका अनुसार रिफर गरिएका विरामिलाई एक जना बराबर गोर्खा वेल्फेयर ट्रस्ट नेपालले २ लाख रकम सहयोग गर्ने छ । शिबिरमा कानको स्वास्थ्य सेवाको लागि ९ जना डाक्टर, अपाङ्गता भएका व्यक्तिहरुको लागि ३ जना डाक्टर, एमजिडिपी डाक्टर २ जना, एमविविएस डाक्टर २ जना, नर्स ३ जना र फार्मेसिस्ट १ जना र १३ जना व्यवस्थापकले सेवा दिएका थिए ।

जेठ २६ गते देखि सुरु भएको शिबिर बुधबार सम्पन्न भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार