फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिले अदालतका फैसला कार्यान्वयन गर्ने क्रममा दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट सवारी ज्यान मुद्धामा कैद सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आठविसकोट नगरपालिका –१२ निवासी ४६ वर्षिय कर्णबहादुर ओली भन्ने कर्ण ओली र बर्दियाको बाँसगढी नगरपालिका –१ बस्ने २२ वर्षिय मदन परियार रहेको जिल्ला प्रहरी कार्यालय रुकुुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुुभयो ।

उहाँका अनुसार ओलीलाई आठविसकोट नगरपालिका –१० स्थित गिजाबाट र परियारलाई मुसिकोट नगरपालिका –१ खलंगा बजारबाट पक्राउ गरिएको हो ।

रुकुम जिल्ला अदालतको मिति २०७७ चैत ४ गतेको फैसला अनुसार ओलीलाई सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाय तोकिएको छ । त्यसैगरी परियारलाई पनि २०८१ वैशाख २७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्धामा एक महिना कैद सजाय तोकेको थियो ।

पक्राउ गरेका दुबैलाई आवश्यक कारबाहिको लागि अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार