पानी नपरेपछि किसानले गरे खोलामा पूजा

पानी नपरेपछि किसानले गरे खोलामा पूजा

पानी नपरेपछि दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का किसानले वर्षा होस् भन्ने कामनासहित खोलामा पूजा गरेका छन्।

बारीको मकै सुक्न थालेको र धानको ब्याड राख्न नपाइएको भन्दै किसानहरूले वर्षात होस् भनेर पूजाआजा गरेका हुन्।

किसानहरूले पानी परोस् भन्दै बौलाहा खोलाको विचारी ढुंगा भन्ने ठाउँमा सोमबार पूजा गरेका छन्।

खडेरी पर्दा विगतमा पनि किसानहरू विचारी ढुंगामा गएर जलधारा गर्ने गर्थे।

जलधारा लगाएपछि पानी पर्छ भन्ने विश्वास छ।

जलधारा गरेपछि विगतका वर्षहरूमा पानी पर्ने गरेको स्थानीय लोकमणि रेग्मीले बताए। ‘वर्षा गराइदिन भगवानसँग माग गर्दै पूजा गरेका हौं,’ उनले भने।

अर्का स्थानीय मानबहादुर खड्काका अनुसार खोलामा पूजा गरेपछि वर्षा हुन्छ भन्ने विश्वास छ। ‘यसअघि पनि हामीले पूजा गरेपछि पानी परेको थियो। यो पटक पनि पूजा गरिएको हुँदा एक दुई दिनमै पानी पर्ने आशा छ,’ उनले भने।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार